+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमसीसी सम्झौता लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते ११:०३

१२ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले अब पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?