Comments Add Comment

नङको सौन्दर्य बढाउने काइदा

नङको सुन्दरताका बारेमा हामी खासै ध्यान दिदैनौं । ध्यान नदिएकै कारण हाम्रा नङहरु भाँच्चिने, टुक्रिने तथा आकार घट्दै जाने जस्ता समस्याहरु देखा परिरहेका हुन्छन् ।

नङ टुक्रिनु, भाँच्चिनुलाई हामी सामान्य रुपमा लिन्छौं । त्यसप्रति हामी खासै ध्यान नै दिदैनौ । तर नङ विभिन्न कारणले भाँच्चिन्छ भन्ने कुरा बुझ्न अनिवार्य छ ।

ओलिभ आयल र कागतीको रसको मिश्रण

एक चम्चा ओलिभ आयलमा केहि थोपा कागतीको रस मिसाएर पेस्ट बनाउने । त्यो पेस्टलाई नङमा दलेर केही समयसम्म मजास गर्ने । मजास त्यसबेलासम्म जारी राख्नु पर्छ, जबसम्म उक्त मिश्रण नङको भित्री भागसम्म पुग्दैन ।

नङको सुरक्षामा नुन

टुक्रने समस्या भएका नङका लागि नुको प्रयोग अति नै उपयोगी मानिन्छ । त्यसका लागि दुई चम्चा नुन, दुई थोपा कागतीको रस र गहुँको बियाँको तेल मिसाउने र त्यसमा मनतातो पानी हालेर राम्रोसँग मिलाउने । उक्त पानीमा हातलाई १० मिनेटसम्म डुबाएर राख्ने । हप्तामा दुई पटक यसो गर्नाले नङ बलियो हुन्छ ।

दुध र अण्डाका बोक्रा

अण्डाको बोक्रा र दुध मिसाएर पेस्ट बनाउने । त्यसलाई नङमा लगाउने,  जसले नङ पोषिलो देखिन्छ ।

भ्यासलिनको प्रयोग

भ्यासलिनले छालालाई मात्र नरम बनाउने होइन, यसको प्रयो नङका लागि पनि उपयुक्त हुन्छ । यसले नङंलाई सुन्दर र स्वस्थ बनाउँछ ।

हर्बल माक्सको प्रयोग

यो एउटा त्यस्तो होममेड टिप्स हो, जसको एक पटकको प्रयोगले नै तपाईंको नङ सुन्दर हुन्छ । त्यसका एक कप तातो पानीमा एक सानो चम्चा क्यामोमाइल र पुदीनाको पातलाई एक घण्टा भिजाएर राख्नुहोस् । त्यसपछि त्यो पानीलाई छान्ने र त्यसमा केहि थोपा ओलिभ ओयल र दुई थोपा गहुँको पिठो हालेर राम्रोसंग मिलाउने र पेस्ट तयार गर्ने । यो पेस्टलाई नङंमा लगाउनुहोस् । केहि दिनको प्रयोगले तपाईको नङ सुन्दर र आकर्षक देखिन्छ ।

ब्रान्डेड नेल पोलिस 

महिलाहरु नेल पोलिसको प्रयोग दिनहुँ गर्छन् । यदि तपाईं सुन्दर नङ चाहानु हुन्छ भने सस्तो नेल पोलिस प्रयोग गरेर आफ्नो नङलाई नबिगार्नुहोस् । सस्तो नेल पोलिस गुणस्तरहीन रसायनबाट तयार गरिन्छ, जसले तपाईको नङको छालाको पोषणलाई नराम्रो असर पु¥याउँछ । त्यसैले राम्रो ब्रान्डको नेल पोलिसको छनौट गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment