+
+
Shares

कञ्चनपुरमा वृद्धा मृत फेला, हत्याको आशंका   

रासस रासस
२०७७ पुष १२ गते २०:०६

१२ पुस, कञ्चनपुर । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीया खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशंका गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् । ‘मृतकको बायाँ कानमा चोट लागेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । के कारणले वृद्धको मृत्यु भएको भन्ने बारे घटनास्थलको अनुसन्धान पश्चात मात्रै जानकारी हुन्छ ।’

मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?