Comments Add Comment

अग्रता जोगाउन नसक्दा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

१३ पुस, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराती भएको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले वेष्टब्रोमसँग १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलको १२औं मिनेटमा साडियो मानेले जोएल मातिपको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

८२मिनेटसम्म लिभरपुलले अग्रता कायम राखे पनि त्यसपछि भने गोल खायो । वेस्टब्रोमका समी अजायीले म्याथ्यु परेइराको पासमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि थप गोल हुन सकेन ।

बराबरीपछि लिग लिडर लिभरपुलले १५ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट २९ अंकसहित एभरटन दोस्रो स्थानमा छ ।

१५ खेलबाट ८ अंक रहेको वेष्टब्रोम भने रेलिगेसन जोनमा अर्थात १९औं स्थानमा छ ।

यस्तै लण्डन क्लब टोटनहम हट्सपर पनि अग्रता कायम नराख्दा वल्भ्ससंग १-१ को बराबरीमा रोकिएको छ ।

खेलको पहिलो मिनेटमै ताङ्गुए एनडोम्बेलेल गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ८६औं मिनेटमा रामन साइसले वल्भ्का लागि बराबरी गोल फर्काए ।

बराबरीपछि १९ खेलबाट २६ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट २१ अंकसहित वल्भ्स ११औं स्थानमा छ ।

यस्तै लिड्सले बर्नलीलाई १-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment