+
+
Shares

त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुनको बाला बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १५:५३

१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् ।

विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । थापाको साथबाट स्रोत नखुलेको चार लाख ३७ हजार रुपैयाँ र थपलियाको साथबाट चार लाख ४० हजार रुपैयाँ समेत बरामद भएको छ ।

दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?