Comments Add Comment

लक्ष्मी बैंकको ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिता

लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनी’भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ। यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

एक महिने अभियानको माध्यमबाट बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङ लगायतका डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ।

लक्ष्मी बैंकको Mobile Money app Google Play Store र Apple Store मा उपलब्ध छ ।

प्रतियोगिताको नियमहरु यो बैंकको वेबसाइटमा उपलब्ध छ। मोबाइल बैंकिङ मनी बैंकको ‘क्राउडसोर्सिङ’मा आधारित दास्रो प्रतियोगिता हो।

यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङको प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment