Comments Add Comment

चिनियाँ विज्ञ भन्छन् : नेपालको अवस्थाबारे चीनको चासो मनासिब

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुले बताएका छन् ।

संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ ।

चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका राजनीतिक दलले राजनीतिक स्थिरता र राष्ट्रिय स्वार्थलाई ध्यान दिएर काम गर्ने अपेक्षा व्यक्त गरेको छ ।

उसले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको पोजिसन सार्वजनिक गरेको छ  ।

नेपाल मामिलालाई लामो समयदेखि नियालीरहेका चिनियाँ विज्ञहरुले भने नेपालको राजनीतिक अवस्थाको बारेमा चासो राख्नुका पछाडि चीनका केही मनासिब कारण रहेका बताएका छन्  ।

चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’

उनले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग गर्नु र आदानप्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् जुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको दावी गरेका छन् ।

त्यसैगरी संघाई एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हू झियोङले चिनियाँ कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलहरुबिचको राजनीतिक आदानप्रदान भारतको चासोको विषय नभएको बताएका छन् ।

उनले यदि चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाभित्रको विवादको सहजीकरणका लागि सहयोग नै प्रदान गर्ने अर्थात् यस्ता समस्या समाधान गर्न अनुभव नै प्रदान गरेको भए पनि यो पूर्णरुपमा वैधानिक र रिजनेबल भएको बताएका छन् ।

चिनियाँ विज्ञहरुले चीनले नभई भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दावी गरेका छन् ।

यो पनि पढ्नुहोस चिनियाँ नेताको प्रश्न–नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment