Comments Add Comment

काठको स्याटेलाइट बनाउँदै जापान

१४ पुस, काठमाडौं । जापानको एक कम्पनी र क्योटो युनिभर्सिटी मिलेर काठबाट बनेको स्याटेलाइट बनाउने भएका छन् । बीबीसीका अनुसार सन् २०२३ सम्म तयार हुने गरी काठबाट निर्माण हुने पहिलो स्याटेलाइट निर्माण हुन लागेको हो ।

सुमिटोमो फरेस्ट्री कम्पनीले अन्तरिक्षमा काठको प्रयोग गर्ने विषयमा कम्पनीले अनुसन्धान सुरु गरिसकेको बताएको छ । क्याटो युनिभर्सिटीसँगको सहकार्यकामा कम्पनीले अन्तरिक्षमा प्रयोग हुन सक्ने विभिन्न प्रकारका काठको परीक्षण गर्नेछ । अहिले अन्तरिक्षमा बढ्दो फोहोर (जंक) एक समस्याको रुपमा देखिएको छ । स्याटेलाइटको संख्या निरन्तर बढ्दो क्रममा रहेकाले यो स्पेसमा फोहोरको समस्या पनि बढेको हो । यो समस्या समाधानको लागि काठको स्याटेलाइट निर्माणको विकल्प अघि सारिएको हो । काठबाट बनेका स्याटेलाइटहरु अन्तरिक्षमा कुनै हानिकारक फोहोर बाँकी नरहने गरी बल्नेछन् ।

जानकारहरुका अनुसार पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने स्याटेलाइटले सानो अल्मुनियम कण बनाउँछन्, जुन लामो समयसम्म माथिल्लो वायुमण्डलमा तैरिएर रहन्छन् । यसले पृथ्वीको पर्यावरणमा पनि नकारात्मक असर पार्न सक्छ । अहिले करिब ६ हजार स्याटेलाइटले पृथ्वीको परिक्रमा गरिरहेका छन् । जसमध्ये ६० प्रतिशतले अन्तरिक्षको फोहोरको रुपमा रहेका छन् ।

अन्तरिक्षमा रहेका फोहोर (जंक)को गति निकै तीव्र हुन्छ । त्यसैले यी फोहोरसँग ठोक्किएर काम गरिरहेको स्याटेलाइटमा नोक्सानी पनि पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment