Comments Add Comment

प्रतिगमन नसच्चिँदासम्म सडक छाड्दैनौं : भट्टराई

फाइल फोटो

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए । जनप्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै उनले भने, ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment