Comments Add Comment

महिलाहरु बढी तनावग्रस्त छन् ?

एउटा अनुसन्धानले के देखाएको छ भने पुरुषको तुलनामा महिलाहरु बढि चिन्ता लिन्छन् र तनावमा आउँछन् । त्यसैले पुरुषहरुको तुलनामा महिलाहरुको स्वास्थमा तनाव र चिन्ताले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अनुसन्धानले नै के देखाएको छ भने हृदयघातबाट मृत्यु हुने पुरुषहरु ३८ प्रतिशत छन् भने महिलाहरुको संख्या ४७ प्रतिशत छ ।

तनाव हुने कारणहरु प्रसस्त छन् । सोच जस्तो काम नहुनु, कामको चाप बढ्नु, आर्थिक रुपले समस्या पर्नु, प्रतिस्पर्धात्मक जीवनशैली अपनाउन थाल्नु, घरपरिवार तथा अफिसको कामको दोहोरो जिम्मेवारी वहन गर्नु, करियर र पारिवारिक सम्बन्धलाई सन्तुलन राख्न नसक्नु जस्ता कारणले हामीमाझ तनाव उत्पन्न हुन्छ । एउटा अध्ययनले के देखाएको छ भने पुरुषको तुलनामा महिलालाई अझ बढि  तनाव हुन्छ । यहाँ हामी महिलालाई कुन–कुन कुराले बढि तनाव हुन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

त्यसैपनि पुरुषको तुलनामा महिलाहरू बढी संवेदनशील तथा भावुक हुन्छन् । त्यसैले सुख, दुःख, रिस, पीडा, मानसिक तनाव तथा डिप्रेसनको प्रभाव पनि महिलामा नै बढी पर्छ ।

विवाहित तथा कामकाजी महिलालाई अझ बढि तनाव हुन्छ । कामकाजी महिलालाई एकातिर कार्यालयमा समेत उत्कृष्ट काम गरेर देखाउनु पर्ने दवाव हुन्छ भने श्रीमान्को परिवारका सदस्यबीचको सम्बन्धलाई समेत सन्तुलित बनाउनु पर्ने बाध्यताले उनीहरु प्रायः तनावमा आइरहन्छन् ।

त्यसो त अविवाहित युवतीहरु पनि बेला–बेलामा तनावमा आउँछन् । अरु भन्दा अब्बल हुनु पर्ने, आफूलाई राम्रो गरेर प्रमाणित गर्नु पर्ने, करियरमा पनि अब्बल हुने पर्ने तथा परिवारको जिम्मेवारीले पनि अविवाहित युवतीहरु तनावमा आउँछन् ।

पुरुषको तुलनामा महिलाहरु कोमल स्वभावका हुन्छन् । उनीहरु हरेक सम्बन्धप्रति पुरुषको तुलनामा बढि नै समर्पित हुन्छन् । हरेक सम्बन्धमा घनिष्टता खोज्छन् । उनीहरु आफुले जस्तो समर्पण र घनिष्टा प्रकट गर्छन्, दोस्रो पक्षबाट पनि त्यही समर्पण तथा प्रतिवद्धताका अपेक्षा गर्छन् । यदि त्यो प्राप्त भएन भने उनीहरु स्वभाविक रुपमै तनाबमा आउँछन् ।

कामकाजी महिलालाई कार्यालयमा कामको तनाव त हुन्छ नै, साथै घर आएपछि घरको सबै प्रकारको काम गर्नु पर्ने भएकाले उनीहरु शारीरिक तथा मानसिक रुपमा समेत थाक्छन् । त्यही थकान नै तनावको कारण बन्छ ।

परिवारका लागि ज्यान दिन तयार हुने एउटी महिलाले जब परिवारबाट अपेक्षा गरे अनुसारको व्यवहार, माया, प्रेम तथा सम्मान पाउँदिनन्, उनको तनाव त्यसै–त्यसै बढ्छ ।

कतिपय महिलाहरु हार्मोनमा आउने परिवर्तनका कारणले समेत तनावमा आउँछन् । पुरुषहरुमा भने हार्मोनको परिवर्तनले खासै तनावमा आउने कुरा हुँदैन ।

एउटा तथ्यांकले के देखाएको छ भने पुरुषहरु साना–तिना कुराहरुलाई खासै वास्तै गर्दैनन्, तर अधिकांश महिलाहरु स–साना कुरामै तनावमा आउँछन् ।

त्यसो त एउटै कुरामा एकाहोरो भएर लागिरहने स्वभावले पनि महिलाहरुलाई तनावमा ल्याइरहेको हुन्छ ।

महिला होस् अथवा पुरुष, यदि तपाईं तनावमा आउनु भयो भने विभिन्न प्रकारका शारीरिक समस्याहरु देखा पर्छन् । जस्तै— कमजोरी हुनु, टाउको दुख्नु,पेटसम्बन्धी समस्या देखापर्नु, वाकवाकी लागे जस्तो हुनु, मांशपेशीमा तनाव हुनु, मांशपेशी दुख्नु, छातीमा पीडा  हुनु, मुटुका धड्कन बढ्नु, राम्ररी निद्रा नलाग्नु, चिडचिडाहट हुनु, एक्लोपन महसुस हुनु, शारीरिक रुपमा थकान अनुभव गर्नु आदि तनाव भएपछि हुने शारीरिक लक्षणहरु हुन् ।

यसबाहेक तपाईं तनावमा आएको बेला तपाईंलाई भोक लाग्दैन, कुनै पनि काम गर्न मन लाग्दैन, सम्झने शक्ति नै कमजोर हुन्छ, तपाईको तौल बढ्ने अथवा घट्ने सम्भावना देखिन्छ, यौन इच्छामा समेत कमि आउँछ । त्यतिमात्र होइन, तनावमा आएपछि तपाईंको ब्लडप्रेसर बढ्छ, मुटु सम्बन्धि रोग लाग्न सक्छ । मधुमेय छ भने त्यसको लेबल समेत बढ्न सक्छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो, तनाव कुनै रोग होइन तर तनाव नै धेरै वटा रोगहरुको कारण भने बन्न सक्छ । त्यसैले सकेसम्म हामी तनावमुक्त भएकै राम्रो हुन्छ । तनावबाट कसरी मुक्त रहने त ?

विश्वमा कुनै न कुनै समस्या नभएका व्यक्ति नै हुँदैनन्, सबैलाई कुनै न कुनै समस्याले घेरेकै हुन्छ । त्यसैले स–साना समस्यामा आत्तिएर तनावमा नआउनु नै उत्तम हुन्छ ।

यदि तपाईं कुनै पनि कुराले तनावग्रस्त हुनु भयो भने त्यो तनावको कुरा आफ्नो नजिकको व्यक्तिलाई शेयर गर्नुपर्छ । यदि तपाईंले आफ्नो समस्या बा“ड्नु भयो भने तपाईंमा भएको तनाव ७० प्रतिशतले कम हुन्छ ।

समस्याले घे¥यो भन्ने बित्तिकै त्यसैलाई मुद्दा बनाएर बस्नु हुँदैन । समस्या जसरी आउँछ, त्यसरी नै समाधान हुन्छ  त्यसैले ती समस्यारुलाई भुलेर आफ्नो ध्यान अरु कुरामा केन्द्रित गर्नुपर्छ । यसका लागि साथीभाइहरुसँग जमघट गर्न सकिन्छ, फिल्म हेर्न जान सक्न्छि । कुनै खेल खेल्न सकिन्छ । सपिङमा जान सकिन्छ ।

यदि तपाईं तनावमा आएको बेला तपाईं रुन अथवा हास्न मन लाग्यो भने जे मन लागेको छ, मन खुलेर गर्ने । यसो गर्नाले पनि तपाईं तनावबाट मुक्त हुन सक्नु हुनेछ ।

ध्यान, योगा, व्यायाम आदिले पनि तनावलाई कम गर्न सहयोग पु¥याउँछ । तनावबाट मुक्ति पाउनका लागि मनिङ वाक पनि राम्रो उपाय हुन सक्छ ।

तनावग्रस्त भएको बेला फुर्सदमा बस्नु हुँदैन । केही न केही गरेर बस्नु पर्छ । केही काम पाउनु भएन भने घरको सरसफाइ नै गरे पनि तपाईंको तनाव कम हुन्छ । मनोवैज्ञानिहरुले समेत यसलाई तनाव हटाउने उत्तम उपाय मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment