 
																			१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताए ।
प्रचण्ड–माधव पक्षको बबरमहलमा बसेको केन्द्रीय समिति बैठकबाट नेकपा अध्यक्षमा चयन भएका पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्न पाउने प्रावधान छैन । कामचलाउ भइसक्दा पनि ओलीजीलाई पद बाँड्ने रहर छ, पदको ललीपप बाँडीरहेका छन् ।’
५ पुसदेखि कामचलाउ भइसकेपछि पनि असंवैधानिक तरिकाले मन्त्रीपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । १० पुसमा गरेको मन्त्रीपरिषद् विस्तारविरुद्धको रिटमा १५ पुसका लागि पेसी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4