१४ पुस, काठमाडौं । दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको पहिलो टेष्ट इनिङ्स र ४५ रनले जितेको छ । फाफ डु प्लेसिसको १९९ रन अनि बलरहरुको उत्कृष्ट प्रदर्शनपछि दक्षिण अफ्रिकाले पहिलो टेष्ट जित्दै २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दोस्रो इनिङ्समा श्रीलंका १८० रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले एक इनिङ्स मात्र ब्याटिङ गरेर खेल जितेको हो ।
श्रीलंकाले ६५/२ बाट चौथो दिनको खेल अघि बढाएको थियो । श्रीलंकाले थप ११५ रन थप्दा अरु ७ विकेट गुमायो । श्रीलंकाका लागि ओपनर कुशल परेराले सर्वाधिक ६४ रन बनाए । यस्तै डेब्युटान्ट वानिन्दु हसारांगाले ५९ रन जोडे । चोटका कारण धनञ्जय डा शिल्भा अबसेन्ट हर्ट भए ।
दक्षिण अफ्रिकाका लागि बलिङमा लंगी एनगिदी, एनरिच नोर्किअ, विएन मुल्डर र लुथो सिपाम्लाले २-२ विकेट लिए ।
सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्का टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा ३९६ रन बनाएको थियो । डु प्लेसिसले १९९ रन बनाएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ६२१ रन बनाएको थियो ।
प्रतिक्रिया 4