+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रधानमन्त्रीले धोका दिएको भन्दै मुख्यमन्त्रीले माफी मागे

रामहरि ओझा रामहरि ओझा
२०७७ पुष १४ गते २०:२६

१४ पुस, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र संविधान विपरीत प्रतिनिधिसभा गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विरोध सभामै माफी मागेका छन् ।

‘हामीले निर्वाचनका बेला जनतालाई स्थिर सरकार दिन्छौंं, देशलाई समृद्धिको बाटोमा लैजान्छौं भनेका थियौं’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री भट्टले भने ‘हामीले जनतासंग गरेको बाचा पुरा गर्न नसकेकोमा यही सभामार्फत म माफी माग्न चाहन्छु ।’

प्रचण्ड–माधव समूहले मंगलबार डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले चुनावमा जनताले ठुलो आश गरेर नेकपालाई मत दिएको तर प्रधानमन्त्री केपी ओली जनताको आशालाई निराशामा परिणत गरेको आरोप लगाए ।

मुख्यमन्त्री भट्टले जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु र मतभिन्नता हुनु स्वाभाविक भएको वताउँदै तर पार्टीभित्रको विवादका कारण देशलाई नै प्रतिगमनतिर लैजानु उपयुक्त नभएको बताए ।

नागरिकको ठूलो त्याग र बलिदानीबाट ल्याएको वर्तमान व्यवस्थामाथि नै खतरा हुने गरी प्रधानमन्त्रीले कदम चालेको भट्टको आरोप छ । उनले पार्टीभित्र भएको बिवाद देखाएर सरकार सञ्चालनमा घेरावन्दी गर्‍यो भन्नु हास्यास्पद भएको बताए । ‘म आफू पनि सरकार प्रमुख हुँ, हाम्रो पार्टीमा विवाद छन्, बिमति छन्’ भट्टले भने ‘ती विवादहरुले मलाई सरकार सञ्चालनमा कुनै बाधा पुगेको छैन ।’

उनले कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुन नसक्ने बताए । उनले थपे ‘वैशाखमा निर्वाचन गर्नका लागि तोकिएकै होइन, यो हामी सवैले बुझेका छौं, त्यो त देशमा अस्थिरता सिर्जना गर्दै आफू सत्तामा टिकिरहने खेल मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?