+
+
Shares

प्रधानमन्त्री ओली पतनको बाटोमा : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते २१:०१

१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ ।

मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले प्रधानमन्त्री ओलीले संसद विघटन गराएको आरोप लगाए ।

‘चुनाव भए पनि संसद पुनःस्थापना भएपनि केपी ओलीको पतन हुने निश्चित छ’ उनले भने, ‘जनता धेरै चेतनशील भइसकेका छन् अब झुटको सहाराले टिक्न सम्भव छैन ।’ ओली सरकारले निर्वाचन गराउन नसक्ने यादवले ठोकुवा गरे ।
संसद विघटन भएपछि सरकार कामचलाउ भएकाले प्रधानमन्त्रीले मन्त्री हेरफर वा नयाँ मन्त्री नियुक्त गर्न नपाउने यादवले तर्क गरे ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले केपी ओली निरंकुशतातर्फ अघि बढेको बताए । उनले ओली सरकारले जनताको हितमा काम गर्न नसकेको दावी गरे । जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले नेकपाको विवाद देशको हितको लागि नभई पदको लडाइ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?