Comments Add Comment

वुहानका पाँच लाख मानिसमा कोरोना संक्रमण भइसकेको हुन सक्छ : अध्ययन

१५ पुस, काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरका करिब पाँच लाख मानिस कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको हुन सक्ने एक अध्ययनले देखाएको छ ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनका शोधकर्ताहरुले गरेको अध्ययनको क्रममा वुहानका करिब पाँच प्रतिशत मानिस कोरोना संक्रमित भइसकेको हुन सक्ने पाइएको हो । वुहानको जनसंख्या एक करोड १० लाख छ ।

यो अध्ययनको विवरणअनुसार वुहानमा वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांभन्दा भन्दा १० गुणा बढी छ । सरकारी तथ्यांकअनुसार अहिलेसम्म वुहानमा ५० हजार ३५४ संक्रमित फेला परेका छन् । चीनको सरकारी तथ्यांमा लक्षण नभएका संक्रमित गणना गरिँदैन ।

कोरोनाको उत्पत्तिको विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले वुहानको भ्रमण गर्ने तयारी गरिरहेको अवस्थामा अध्ययनको यो नतिजा सार्वजनिक भएको हो । आगामी महिना उनीहरुले वुहानको भ्रमण गर्नेछन् । यसअघि चीनले कोरोनाको उत्पत्तिको विषयमा अनुसन्धानको लागि अस्वीकार गर्दै आए पनि लामो समयको वार्तापछि अन्ततः चीन यसका लागि तयार देखिएको थियो ।

अहिले गरिएको अध्ययनमा वुहानका ३४ हजार मानिसको नमुना संकलन गरिएको थियो । त्यसका साथै समग्र हुवेई प्रान्तका साथै बेइजिङ र सांघाई प्रान्तका मानिसहरुको पनि नमुना संकलन गरिएको थियो । जसमध्ये वुहानमा चार दशमलव ४३ प्रतिशत मानिसहरुमा कोरोनाविरुद्धको एन्टिबडी विकास भएको पाइएको हो ।

समग्र हुवेई प्रान्तमा भने शून्य दशमलव ४४ प्रतिशतमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो । हवेई प्रान्तभन्दा बाहिरका १२ हजार मानिसहरुमध्ये केवल दुईजनामा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment