+
+
Shares

अमेरिकामा भेटियो कोरोनाको नयाँ प्रकार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १३:१०

१५ पुस, काठमाडौं । अमेरिकामा पछिल्लो केही समययता भ्रमणको कुनै इतिहास नभएका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाइएको छ । अमेरिकाको कोलोराडो राज्यका एक व्यक्तिमा देखिएको कोरोनाको नयाँ प्रकार बेलायतमा देखिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ । अधिकारीले दिएको जानकारी अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति अहिले आइसोलेसनमा छन् भने उनको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्ने काम सुरु भइसकेको छ । अधिकारीहरुका अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति २० देखि ३० वर्षका युवा हुन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको केही समयमा नै अमेरिकामा कोरोनाको नयाँ प्रकार पाइएको हो । बाइडनले अमेरिकाको खोप कार्यक्रम तालिकाभन्दा निकै सुस्त गतिमा भइरहेको बताएका थिए । अहिलेसम्म अमेरिकामा एक करोड ९० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने तीन लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

विशेषज्ञहरुले कोरोनाको नयाँ प्रकार यसअघिको तुलनामा निकै संक्रामक भए पनि धेरै जोखिमपूर्ण रहेको वा नरहेको विषयमा भने अध्ययन आवश्यक रहेको बताएका छन् ।

अमेरिकामा अहिले बायोएनटेकसँग मिलेर फाइजरले विकास गरेको र मोडर्नाले विकास गरेको दुई कोरोना खोप अमेरिकाभर वितरणक गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?