+
+
Shares

बेलायतमा अक्सफोर्डको कोरोना खोपलाई अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १३:२०
Photo Credit : REUTERS

१५ पुस, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना खोपले बेलायतले प्रयोगको लागि अनुमति पाएको छ । कुनै पनि मुलुकमा पहिलोपटक अक्सफोर्डको कोरोना खोपले मान्यता पाएको हो । अक्सफोर्डको कोरनो खोपले मान्यता पाएसँगै यो बेलायतको कोरोना खोप कार्यक्रमको लागि महत्वपूर्ण बन्न सक्ने अपेक्षा गरिएको छ ।

बेलायतले एक्स्ट्राजेनेकासँग १० करोड डोज कोरोना खोपको अर्डर दिएको छ । जसबाट पाँच करोड मानिसलाई खोप दिन सकिन्छ । बेलायतले कोरोना खोपलाई अनुमति दिनुको अर्थ यो खोप सुरक्षित र कोरोनाविरुद्ध प्रभावकारी छ भन्ने हो । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले गत अप्रिल महिनामा पहिलोपटक खोपको मानव परीक्षण गरेका थिए । बेलायतमा अनुमति पाउने यो दोस्रो कोरोना खोप हो । बेलायतले यसअघि नै फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना खोपलाई मान्यता दिइसकेको छ ।

बेलायतमा अहिलेसम्म ६ लाखभन्दा धेरै मानिसहरुले कोरोना खोप लगाइसकेका छन् । विशेषगरी यो खोप अन्य खोपको तुलनामा सस्तो र भण्डार गर्न पनि सजिलो भएकाले यसले विश्वभर कोरोना महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?