Comments Add Comment

गुल्मीमा दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

१५ पुस, गुल्मी । गत पुस ३ गते गुल्मीमा भएको अटो दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल विक गम्भीर घाइते भएका थिए । उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास उपचार भइरहेको छ । घाइते विकको घरको आर्थिक अवस्था कम्जोर भएको र उपचारमा धेरै रकम लाग्ने भएपछि बुधबार जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी देखि पत्रकारसम्मले आर्थिक सहयोग रकम संकलन गरेर हस्तातरण गरेका हुन् ।

गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाहरुबाट १ लाख १२ हजार १४० रुपैयाँ सहयोग संकलन गरी घाइते सुनिलको आमालाई उक्त रकम हस्तातरण गरिएको हो । रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

अटो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । गौंडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा दुर्घटनामा परेको थियो । अटोमा सवार घाइते ३ जना मध्ये २ जनाको गुल्मी अस्पताल र १ जनाको पाल्पामा उपचार भइरहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment