Comments Add Comment

पाथिभराको वनमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

फाइल तस्वीर

१५ पुस, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रको जंगलमा लागेको डेढेलो चार दिन बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास स्वरुप हेलिकोप्टरमार्फत पानी हालिए पनि सम्भव भएन ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार पाथिभरा मन्दिर, त्यहाँसम्म जाने सडक क्षेत्रलाई सुरक्षित गरिएको छ । तर, पाखामा आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

‘हाम्रो टोली अहिले पनि खटिइरहेकै छ तर, पाखोमा गएर आगो निभाउन समस्या छ’, श्रेष्ठले अनलाइनखबरसँग भने । फेदीतिर हावा आउने बित्तिकै आगो फैलिएरमाथि जाने गरेको छ ।

आगलागी भएको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment