
१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने भ्यानलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बर्दिवास नगरपालिका-१० लक्ष्मीनियाँ चोकस्थित पूर्वपश्चिम लोकमार्गमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
बर्दिवासबाट सर्लाहीतर्फ जाँदै गरेको ना १ ह ३०७९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा अटो चालक वर्ष ५२ का गोविन्द रसाइली, अटोमा सवार लमजुङको बेंशीसहर नगरपालिका-२ का ३० वर्षीय पुष्कर अधिकारी, सोही ठाउँका २८ वर्षीय सुमन अधिकारी, २१ वर्षीया सीमा अधिकारी, २८ वर्षीया मन्दिरा केसी घाइते भएका छन् ।
घाइतेहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
प्रतिक्रिया 4