
१६ पुस, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेका मानिसहरुलाई राहत बढाउने प्रस्ताव रोकेको छ । यसअघि तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले मानिसहरुलाई दिन लागिएको कोरोना राहत ६ सय डलरबाट बढाएर दुई हजार डलर पुर्याउने प्रस्ताव सिनेटमा लगेको थियो । राष्ट्रपति ट्रम्पले पनि मानिसहरुलाई कोरोना राहत पर्याप्त नहुने भन्दै दुई हजार डलर पुर्याउन निर्देशन दिएका थिए । तर, सिनेटका नेता मिच म्याकोनेलले कोरोना राहत बढाउने विषयमा सिनेटमा मतदानको लागि अस्वीकार गरेका हुन् । उनले यो प्रस्ताव तत्कालै सिनेटबाट पास हुन नसक्ने बताए । उनले अहिले ल्याइएको योजनाले डेमोक्रेट्सका सहयोग आवश्यक नभएका साथीहरुको हातमा धेरै रकम जाने उनको भनाइ थियो ।
यसअघि अमेरिकाको कंग्रेसले मानिसहरुलाई कोरोना राहतस्वरुप ६ सय डलर राहत उपलब्ध गराउने प्रस्तावमा सहमति दिएको थियो । डेमोक्रेट्सहरुले कोरोनाको कारण उत्पन्न स्वास्थ्य संकट समाधानको लागि राहत बढाउनुपर्ने तर्क गर्दै आएका छन् ।
रिपब्लिकन पार्टीका पनि केही सिनेटरहरुले कोरोना राहत बढाउनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् । यस्तोमा मतदान भए यो प्रस्ताव पारित हुने सम्भावना छ । तर, म्याकोनेलले मतदानको प्रस्ताव अस्वीकार गरेका हुन् ।
प्रतिक्रिया 4