Comments Add Comment

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचीसहित)

ओली समूह ३३ जिल्लामा पदाधिकारीविहीन, १५४ मध्ये ११० जना प्रचण्ड–माधवतिर

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ ।

साविकको कमिटीभन्दा झण्डै तीन गुणा बढाएर निर्वाचन आयोगमा बुझाएका ओलीले बुधबार भने साविकको केन्द्रीय कमिटीमा प्रचण्ड र माधव समूहको बहुमत रहेको स्वीकार गरेका थिए ।

३३ जिल्लामा ओली समूह पदाधिकारीविहीन

संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।

प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।

यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।

पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ ।

तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।

प्रदेश १ : गृह प्रदेशमै ओली कमजोर

प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् । त्यसैले यो प्रदेशमा ओलीले साविकको समूह परिवर्तन गराउने प्रयास गरिरहेका छन् । तर, विभाजनको अन्तिममा मात्रै त्यो भने टुंगो लाग्नेछ ।

क्र.स. जिल्ला नाम पद समूह
धनकुटा राजेन्द्र राई अध्यक्ष प्रचण्ड-माधव
ऋषिराम ढुंगाना सचिव प्रचण्ड-माधव
ताप्लेजुङ बिजय बनेम अध्यक्ष प्रचण्ड-माधव
बलबहादुर साम्सोहाङ सचिव प्रचण्ड-माधव
सुनसरी योगेन्द्र मण्डल अध्यक्ष प्रचण्ड-माधव
रमेश वस्नेत सचिव प्रचण्ड-माधव
खोटाङ देवान चाम्लिङ अध्यक्ष प्रचण्ड-माधव
राम दंगाल सचिव प्रचण्ड-माधव
ओखलढुंगा मोहनकुमार खड्का अध्यक्ष प्रचण्ड-माधव
मोहन श्रेष्ठ सचिव प्रचण्ड-माधव
उदयपुर विनोद कटवाल अध्यक्ष प्रचण्ड-माधव
इश्वरमणि राउत सचिव प्रचण्ड-माधव
तेह्रथुम लक्ष्मण तिवारी अध्यक्ष प्रचण्ड-माधव
इन्द्रबहादुर इम्सुङ सचिव प्रचण्ड-माधव
संखुवासभा हेमराज घिमिरे अध्यक्ष प्रचण्ड-माधव
कृष्ण याख्या सचिव प्रचण्ड-माधव
इलाम राम राना अध्यक्ष ओली
सोममाया राई सचिव प्रचण्ड-माधव
१० पाँचथर राजकुमार भण्डारी अध्यक्ष ओली
होम जबेगु सचिव प्रचण्ड-माधव
११ झापा चिन्तन पाठक अध्यक्ष ओली
मणिकुमार साम्पाङ सचिव प्रचण्ड-माधव
१२ मोरङ ऋषिकेश पोखरेल अध्यक्ष ओली
गणेश उप्रेती सुशिल सचिव प्रचण्ड-माधव
१३ भोजपुर प्रेमकुमार राई अध्यक्ष ओली
बिमल खड्का सचिव प्रचण्ड-माधव
१४ सोलुखम्बु मानबीर राई अध्यक्ष ओली
गोम्बु शेर्पा सचिव प्रचण्ड-माधव

प्रदेश २ : प्रचण्ड–माधवको प्रष्ट बर्चश्व

प्रदेश २ का आठ जिल्लाका १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन् । धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, महोत्तरीका सचिव शोकिलाल यादव र पर्साका अध्यक्ष प्रभु हजारा मात्रै ओली समुहका हुन् ।

बाँकी सवै प्रचण्ड र माधव नेपाल समूहका हुन् । यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ ।

क्र.सं. जिल्ला नाम पद समूह
१. सप्तरी अशोक मण्डल ‘अमर’ अध्यक्ष प्रचण्ड-माधव
गोबिन्द बहादर न्यौपाने सचिव प्रचण्ड-माधव
सिराहा रामकुमार यादव अध्यक्ष प्रचण्ड-माधव
प्रमोद यादव सचिव प्रचण्ड-माधव
३. धनुषा राजकिशोर यादव अध्यक्ष ओली समूह
दीपक यादव सचिव प्रचण्ड-माधव
महोत्तरी राजु खड्का अध्यक्ष प्रचण्ड-माधव
शोकीलाल यादव सचिव ओली समूह
सर्लाही रेवती पन्त अध्यक्ष प्रचण्ड-माधव
कमल बूढाथोकी सचिव प्रचण्ड-माधव
रौतहट कमल राय अध्यक्ष प्रचण्ड-माधव
सचिव पद खाली
बारा क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ अध्यक्ष प्रचण्ड-माधव
सुन्दर बहादुर विक सचिव प्रचण्ड-माधव
पर्सा प्रभु हजारा अध्यक्ष ओली
विजय महतो सचिव प्रचण्ड-माधव

बागमती : ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन

बागमतीका ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रामेछाप, काभ्रे, मकवानपुर, चितवन, नुकवाकोट र रसुवाका जिल्ला अध्यक्ष र सचिव नै प्रचण्ड र माधव समूहका छन् ।

१३ जिल्लाको २६ पदाधिकारीमध्ये सात पदाधिकारी मात्रै ओलीतर्फका हुन् । ओलीतर्फका धादिङ जिल्ला अध्यक्ष नेत्र पौडेलले केही दिन अगाडि राजनीति नै छोडेको घोषणा गरेका छन् ।

क्र.स. जिल्ला नाम पद समूह
रामेछाप मैनकुमार मोक्तान अध्यक्ष प्रचण्ड-माधव
शान्ति पौडेल सचिव प्रचण्ड-माधव
दोलखा ईश्वरचन्द्र पौडेल अध्यक्ष ओली
गोपाल पाण्डे सचिव प्रचण्ड-माधव
सिन्धुपाल्चोक झम्क नेपाल अध्यक्ष प्रचण्ड-माधव
दावा लामा सचिव ओली
काभ्रे रुकु चौलागाइँ अध्यक्ष प्रचण्ड-माधव
टोकबहादुर वाइबा सचिव प्रचण्ड-माधव
सिन्धुली राजन दाहाल अध्यक्ष प्रचण्ड-माधव
प्रदीप कट्वाल सचिव ओली
ललितपुर हरिकृष्ण बेञ्जनकार अध्यक्ष ओली
राजकाजी महर्जन सचिव प्रचण्ड-माधव
काठमाडौं कृष्ण राई अध्यक्ष ओली
हिमाल शर्मा सचिव प्रचण्ड-माधव
भक्तपुर बचन देउजा अध्यक्ष ओली
डीपी ढकाल सचिव प्रचण्ड-माधव
मकवानपुर मुनु सिग्देल अध्यक्ष प्रचण्ड-माधव
प्रेमबहादुर पुलामी सचिव प्रचण्ड-माधव
१० धादिङ नेत्र पौडेल अध्यक्ष ओली
शालिकराम जम्मर कट्टेल सचिव प्रचण्ड-माधव
११ चितवन यमबहादुर परियार अध्यक्ष प्रचण्ड-माधव
कृष्णभक्त पोखरेल सचिव प्रचण्ड-माधव
१२ नुवाकोट हरिनाथ खतिवडा अध्यक्ष प्रचण्ड-माधव
नारायण खतिवडा सचिव प्रचण्ड-माधव
१३ रसुवा कन्र्याल लामा अध्यक्ष प्रचण्ड-माधव
इन्द्र गोतामे सचिव प्रचण्ड-माधव

गण्डकी : ओली समूह तुलनात्मक राम्रो अवस्थामा

दुई जिल्लामा ओली समूह पदाधिकारीविहीन छ । म्याग्दी र बाग्लुङमा ओली पदाधिकारीविहीन बनेका हुन् । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहका ९ जना पदाधिकारी छन् ।

पर्वत, मनाङ, तनहुँ, नवलपुर र मुस्ताङका अध्यक्ष ओली समूहका छन् । लमजुङ, कास्की, गोरखा र स्याङ्जाको सचिव ओली समूहमा छन् । बाँकी १३ पदाधिकारी प्रचण्ड र माधव नेपाल समूहमा लागेका छन् ।

क्र.स. जिल्ला नाम पद समूह
म्याग्दी गोविन्द पौडेल अध्यक्ष प्रचण्ड-माधव
हरिकृष्ण श्रेष्ठ सचिव प्रचण्ड-माधव
पर्वत पवन गिरी अध्यक्ष ओली
सुदीप कुँवर सचिव प्रचण्ड-माधव
बाग्लुङ इन्द्रलाल सापकोटा अध्यक्ष प्रचण्ड-माधव
ज्ञाननाथ गैरे सचिव प्रचण्ड-माधव
लमजुङ मधुमाया अधिकारी अध्यक्ष प्रचण्ड-माधव
धनञ्जय दवाडी सचिव ओली
कास्की कृष्ण थापा अध्यक्ष ओली
बखानसिंह तमु सचिव प्रचण्ड-माधव
मनाङ पाल्देन छोपाङ गुरुङ अध्यक्ष ओली
वेदबहादुर गुरुङ सचिव प्रचण्ड-माधव
मुस्ताङ चन्द्रमोहन गौचन अध्यक्ष ओली
सत्यनारायण गौचन सचिव प्रचण्ड-माधव
गोरखा लेखबहादुर थापामगर अध्यक्ष प्रचण्ड-माधव
प्रेम गुरुङ सचिव ओली
तनहुँ केदार सिग्देल अध्यक्ष ओली
.राजेन्द्रकेशरी न्यौपाने सचिव प्रचण्ड-माधव
१० नवलपुर रोशन गाहा मगर अध्यक्ष ओली
मित्रशरण शर्मा सचिव प्रचण्ड-माधव
११ स्याङ्जा सूर्यप्रसाद गैरे अध्यक्ष प्रचण्ड-माधव
मीनबहादुर गुरुङ सचिव ओली

लुम्बिनी प्रदेश : वामदेव गौतमका एक अध्यक्ष

लुम्बिनीका तीन जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रोल्पा, दाङ र बाँकेमा ओली समूह पदाधिकारीविहीन बनेको हो । लुम्बिनीका १२ जिल्लाका २४ पदाधिकारीमा ओलीतर्फका पाँच अध्यक्ष र तीन सचिव छन् । बाँकी सबै प्रचण्ड र माधव समूहका हुन् ।

क्र.स. क्र.स. नाम पद समूह
रोल्पा सुरेन्द्र घर्ती अध्यक्ष प्रचण्ड-माधव
हरिबहादुर घर्ती सचिव प्रचण्ड-माधव
रूकुम पूर्व मेघबहादुर श्रेष्ठ अध्यक्ष प्रचण्ड-माधव
सतमान पुन सचिव ओली
नवलपरासी भविश्वर तिवारी अध्यक्ष प्रचण्ड-माधव
तुल्सी पासी सचिव ओली
दाङ टीकाराम खड्का अध्यक्ष प्रचण्ड-माधव
सुबास पुन सचिव प्रचण्ड-माधव
बाँके आइपी खरेल अध्यक्ष प्रचण्ड-माधव
अशोक कोइराला सचिव प्रचण्ड-माधव
बर्दिया भवनकुमार थारु अध्यक्ष प्रचण्ड-माधव
लालबहादुर श्रेष्ठ सचिव ओली
रूपन्देही शिवराज सुवेदी अध्यक्ष ओली
निर्मल जिसी सचिव प्रचण्ड-माधव
कपिलवस्तु झविलाल पोखरेल अध्यक्ष ओली
रामचन्द्र शाह ठकुरी सचिव प्रचण्ड-माधव
अर्घाखाँची चेतनारायण आचार्य अध्यक्ष ओली
ठाकुर विक सचिव प्रचण्ड-माधव
१० गुल्मी मधुकृष्ण पन्त अध्यक्ष ओली
बीरबहादुर कार्की सचिव प्रचण्ड-माधव
११ पाल्पा नारायण आचार्य अध्यक्ष ओली
राजेन्द्र विक सचिव प्रचण्ड-माधव
१२ प्युठान तुलसीराम शर्मा अध्यक्ष वामदेव
कृष्ण अधिकारी प्रकाश सचिव प्रचण्ड-माधव

कर्णाली प्रदेश : ओली समूहका ६ जना मात्रै

कर्णालीका १० जिल्लाका २० पदाधिकारीमध्ये ओली समूहका ६ जना मात्रै छन् । चार जिल्लामा ओली समूह पदाधिकारी विहीन छ । सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमका अध्यक्ष र सचिव नै प्रचण्ड–माधव समूहका हुन् ।

सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रुकुम पश्चिममा प्रचण्ड–नेपालका अध्यक्ष छन् भने सल्यान, दैलेख र डोल्पामा केपी ओली समूहका अध्यक्ष छन् । सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, सल्यान र रुकुममा प्रचण्ड नेपाल समूहका सचिव छन् । कालीकोट, हुम्ला र मुगुमा ओली समूहका सचिव छन् ।

क्र.स. जिल्ला नाम पद समूह
सुर्खेत ध्रुब शाही अध्यक्ष प्रचण्ड-माधव
कृष्ण जिसी सचिव प्रचण्ड-माधव
दैलेख रवीन्द्र शर्मा अध्यक्ष ओली
प्रेम कटुवाल सचिव प्रचण्ड-माधव
जाजरकोट ढकवीर राना अध्यक्ष प्रचण्ड-माधव
करवीर शाही सचिव प्रचण्ड-माधव
कालीकोट धनजीत शाही अध्यक्ष प्रचण्ड-माधव
नागेन्द्र शाही सचिव ओली
जुम्ला वीरबहादुर कुँवर अध्यक्ष प्रचण्ड-माधव
तीर्थबहादुर बुढा सचिव प्रचण्ड-माधव
हुम्ला लालकेश जैसी अध्यक्ष प्रचण्ड-माधव
दल रावल सचिव ओली
मुगु सुरवीर बुढा अध्यक्ष प्रचण्ड-माधव
धर्मजित शाही सचिव ओली
डोल्पा दत्तबहादुर रोकाय अध्यक्ष ओली
मालबहादुर रोकाय सचिव प्रचण्ड-माधव
सल्यान गोबिन्द पुन अध्यक्ष ओली
कर्णबहादुर वुढाथोकी सचिव प्रचण्ड-माधव
१० रूकुम पश्चिम गोपाल शर्मा अध्यक्ष प्रचण्ड-माधव
बिमल पुन सचिव प्रचण्ड-माधव

सुदूरपश्चिम प्रदेश  : बाजुरामा प्रचण्ड–माधव पदाधिकारीविहीन

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पाँचजना मात्रै पदाधिकारी छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका छन् । यो प्रदेशमा पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन छ ।

७६ वटै जिल्लामा पदाधिकारी रहेको प्रचण्ड र माधव समूह यो प्रदेशको एउटा जिल्लामा भने पदाधिकारीविहीन छ । बाजुराका अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढा दुबै ओली समूहमा लागेकाले प्रचण्ड र माधव नेपाल समूह यो जिल्लामा पदाधिकारीविहीन बनेको हो ।

क्र.स. जिल्ला नाम पद समूह
कैलाली रतन थापा अध्यक्ष ओली
लालबहादुर सोडारी सचिव प्रचण्ड-माधव
कञ्चनपुर वीरबहादुर थापा अध्यक्ष ओली
तारा लामा तामाङ सचिव प्रचण्ड-माधव
डोटी चक्र मल्ल अध्यक्ष प्रचण्ड-माधव
जंग विक सचिव प्रचण्ड-माधव
बझाङ मीनबहादुर कुँवर अध्यक्ष प्रचण्ड-माधव
दमन भण्डारी सचिव प्रचण्ड-माधव
डडेलधुरा मानसिं माल अध्यक्ष प्रचण्ड-माधव
विरेन्द्रकुमार बस्नेत सचिव प्रचण्ड-माधव
दार्चुला गणेशसिंह खत्री अध्यक्ष प्रचण्ड-माधव
उदय बडाल सचिव प्रचण्ड-माधव
बैतडी सुरेन्द्र पाल अध्यक्ष ओली
प्रेमप्रकाश भट्ट सचिव प्रचण्ड-माधव
अछाम शेरबहादुर कुँवर अध्यक्ष प्रचण्ड-माधव
झपट साउद सचिव प्रचण्ड-माधव
बाजुरा कालीबहादुर शाही अध्यक्ष ओली
भरत बुढा सचिव ओली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment