Comments Add Comment

ईयूबाट पूर्णरुपमा बाहिरियो बेलायत

१७ पुस, काठमाडौं । शुक्रबारबाट बेलायत पूर्णरुपमा युरोपेली संघ (ईयू)बाट बाहिरिएको छ । ईयूबाट बेलायत छुटि्टनुपर्ने पक्षमा भएको मतदानको चार वर्षपछि पूर्णरुपमा छुटि्टएको हो ।

स्थानीयसमयअनुसार बिहीबार राति ११ बजेटबाट बेलायतमा ईयूको कानुनको अन्त्य भएका हो । एक वर्षअघि आधिकारिकरुपमा बेलायत ईयूबाट बाहिरिएपछि व्यापार, भ्रमण, सुरक्षा, यातायातलगायतका विषयमा भने ईयूको नियम पालना गर्दै आएको थियो ।

शुक्रबारबाट भने बेलायत-ईयूको सम्बन्ध यसअघि भएको सम्झौतामा निहित हुनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको स्वतन्त्रता आफ्नो हातमा आएको प्रतिक्रिया दिएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले बेलायत ईयूबाट बाहिरिएपछि सहयोगी मुलुकको रुपमा कायम रहने बताएका छन् ।

बेलायत ईयूमा आबद्ध भएको ४८ वर्षपछि यो संघबाट बाहिरिएको हो । बेलायत सन् १९७३ जनवरी १ मा ईयूमा आबद्ध भएको थियो । ईयूबाट छुट्टिएपछिको व्यापार सम्झौताको विषयमा एक साताअघि मात्रै बेलायत र ईयूको बीचमा सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार बेलायतमा बनेका सामग्रीहरु ईयूमा विना कुनै भन्सार व्यापार गर्न सकिनेछ । लामो समयको विवादपछि बेलायत र ईयूबीच उक्त सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment