+
+

डोल्पाका २ जना कोरोना संक्रमित उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १९:४५

१७ पुस, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमित डोल्पाका एक वडाध्यक्ष र शिक्षकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

ठुलिभेरी नगरपालिका–२, डोल्पाका ६० वर्षीय वडाध्यक्ष र सरस्वती माध्यामिक विद्यालयमाका ५१ वर्षीय शिक्षकलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार संक्रमित दुबैजनाको अवस्था गम्भीर छ । दुबैजना आइसोलेसनमा बस्दै आएका थिए । ‘दुबैजनालाई अस्ति १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो’ प्रजिअ ढकालले भने, ‘हिजो सामान्य लक्षण थियो तर, आज अवस्था गम्भीर भएपछि काठमाडौं पठाइएको छ ।’

दुबैजना दीर्घ रोगी भएको र चिसोको समय भएकोले कोरोनाले झनै बढी च्यापेको स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लामा पुस महिनामा मात्रै दुई चरणमा कोरोना परीक्षण गर्दा हाल नौ जना कोरोनाका सक्रिय बिरामी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

‘हामीले शिक्षकलाई पनि संक्रमण देखिए पछि एक साताका लागि विद्यालयको पठन पाठन पनि बन्द गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?