Comments Add Comment

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो श्र

जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ ।

सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले गोल गरेका थिए । भजक्जलाई असेन्सिओ र असेन्सिओलाई भज्केजले गोलका लाग असिस्ट पनि गरे ।

रियल १७ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा उल्केको हो । एद्यपी एट्लेटिकोले १४ खेल मात्र खेलेको छ र ३५ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै लेभान्टेलाई २-१ ले पराजित गर्दै भियारियल चौथो स्थानमा उक्लेको छ । भियारियलको जितमा घरेलु मैदानमा फर निनो र जेरार्ड मवरेनोले गोल गरे । लेभान्टेका लागि सर्जिओ लिओनले सान्त्वना गोल पर्काए ।

अर्को खेलमा रियल बेटिसँग सेभिया १-१ को बराबरीमा रोकिँदा भियारियललाई फाइदा भएको छ । सुसोको गोलमा सेभियाले पहिले अग्रता लिए पनि सर्जिओ कानालेसले पेनाल्टीमा बेटिसका लागि बराबरी गोल फर्काए । नविल फेकिरले पेनाल्टी गुमाउदा बेटिस जितबाट भने बन्चित रह्यो ।

१७ खेलबाट २९ अंक जोड्दै भियारियल चदठ्ठव स्थानमा उक्लेको । १५ खेलबाट २७ अंक रहेको सेभिया पाँचौ स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment