Comments Add Comment

दाङकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

१९ पुस, काठमाडौं । दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment