Comments Add Comment

कति प्रभावकारी छ अकुप्रेसर ?

पारम्पारिक चिनिया उपचारमा पछिल्लो दुई हजार बर्षदेखि अकुप्रेशर थेरापीको एक महत्वपूर्ण स्थान छ । आज पनि यसको उपयोग विश्वमै हुँदै आएको छ ।

अकुप्रेशर शरीरलाई ठिक र व्यवस्थित गर्न क्षमता जगाउनका लागि संकेत पठाउने एक प्रविधि हो । जसरी योगमा प्राण  जीवनशक्ति)लाई महत्व दिइन्छ, त्यसैरी पारम्परिक चिनिया उपचारमा ‘कि वा क्युई) अर्थात जीवन उर्जाको महत्व छ । के मान्यता छ भने, हाम्रो शरीरभित्र यस जीवन उर्जाको प्रवाह केही नलीको माध्यामबाट हुन्छ । यसलाई मेरीडियन भनिन्छ ।

यी प्राकृतिक प्रवाहमा रोकावट अर्थात अवरोध आउनु नै रोग तथा दुखाईको कारण हो । अकुप्रेसरले यही असन्तुलनलाई सही गरेर जीवन उर्जाको प्रवाहमा सुधार ल्याउँछ । यसरी शरीर आफ्नो प्राकृतिक स्वस्थ्य अवस्थामा फर्कन्छ ।

अकुप्रेसर एक प्राचिन उपचार पद्धती हो, जो चीनमा सदियौंदेखि प्रचलनमा छ । अकुप्रेशरबाट उपचार गर्नका लागि अक्युपञ्चर थेरापीको सिद्धान्त लागु हुन्छ । यसैले अकुप्रेशरलाई कहिले काहीँ प्रेशर अक्युपञ्चर पनि भनिन्छ । आखिर के हो अकुप्रेसर थेरापी ? कसरी गरिन्छ ? यसका लाभ र हानी के हुन् ?

अकुप्रेशर बिन्दु वा प्वाइन्ट

गलब्लेडर २०

यो बिन्दु तपाईंको टाउको पछाडिको भागतर्फ कान छेउमा हुन्छ । यस बिन्दुबाट टाउको दुखाई, माइग्रेन, थकान, सुस्ती र चिसो आदिको उपचार हुन्छ ।

गलब्लेडर २१

यो बिन्दु तपाईंको काधको माथिल्लो भागमा हुन्छ । यो बिन्दुले तनाव, अनुहारको दुखाई, टाउको दुखाई, दाँतको दुखाई, गर्दनको दुखाईको उपचार गर्न सकिन्छ । गर्भवती महिलाका लागि यसको उपयोग सावधानीपूर्वक गर्नुपर्छ ।

लार्ज इन्टेस्टाइन

यो हाम्रो हातको बुढी औंला र चारै औंलाको बीचको मुलायम भागमा हुन्छ । यो बिन्दु तनाव, टाउको दुखाई, दाँतको दुखाईमा उपचार गर्न सकिन्छ । गर्भवतीले भने यो विन्दुको उपयोग गर्नुहुँदैन ।

लिभर ३

यो बिन्दु हाम्रो खुट्टाको पञ्जामाथि बुढी औंला र त्यसको बिचमा हुन्छ । यो बिन्दुमा दबाउँदा तनाव, उच्च रक्तचाप, अनिद्रा वा भावनात्मक समस्या हट्छ ।

पेरीकार्डियम ६

यो बिन्दु तपाईंको हातको चार इन्च माथि हुन्छ । यो बिन्दुमा दबाउँदा तनाव हट्छ । पेट खराब भएको बेला, मोशन सिकनेसको समस्यामा, मुटुको घरबराहटमा पनि यसलाई दबाउनु उपयोगी हुन्छ ।

ट्रिपल एनर्जाइजर ३

यो बिन्दु तपाईंको हातको पन्जामा चौथो र पाँचौ औंलाको नसाको बिचमा हुन्छ । यो बिन्दुमा दबाउँदा टाउको दुखाई, गर्दनको दुखाई, पिठ्युको दुखाई ठिक हुन्छ ।

स्प्लीन ६

यो बिन्दु तपाईंको खुट्टाको भित्री भागमा पैतलाभन्दा थोरै माथि हुन्छ । यो बिन्दु मुत्र सम्बन्धी समस्याका साथसाथै थकान, अनिद्राको उपचारमा दबाईन्छ ।

अकुप्रेशर कसरी गर्ने ?

अकुप्रेशर बिन्दुमा हल्का दबाएर मालिश गरौं ।

-जब अकुप्रेशर बिन्दुमा मालिस गरिन्छ, तब आरमसाथ कुनै सुविधाजनक ठाउँमा बस्नुहोस् । आँखा बन्द गरेर गहिरो सास लिनुहोस् ।

– मालिस तपाईंलाई राम्रो लागेमा पटक पटक गरिरहनुहोस् । एक दिनमा कति गर्नुपर्छ भन्ने कुनै नियम छैन । जति तपाईंलाई सुविधाजनक लाग्छ, त्यती नै पटक गर्नुहोस् ।

-तपाईं आफैले पनि अकुप्रेशर बिन्दुको मालिस गर्न सक्नुहुनेछ । या अरु कसैको सहयोग लिन सक्नुहुनेछ ।

अकुप्रेशरले कसरी काम गर्छ ?

अकुप्रेशरले शरीरको निश्चित बिन्दुमा दबाव गरेर जीवन उर्जाको प्रवाह बढाउँछ । हाम्रो शरीरको मूख्य च्यानलमा ३ सय ६५ बिन्दु हुन्छ । यसका साथै ६५० बिन्दु हुन्छ । रक्त बाहिका तन्त्र जस्तै यस च्यानलको पनि आफ्नो कनेक्सनको नेटवर्क हुन्छ ।

अकुप्रेशर बिन्दुमा सामान्य रुपले केही सेकेन्ड वा मिनेटसम्म दबाइन्छ । जुन अकुप्रेशर बिन्दुमा दबाईन्छ, संवेदनशिल हुनसक्छ । तर, दुखाई वा पीडादायक हुनुहुँदैन ।

अकुप्रेशरको लाभ

-थुप्रै किसिमको शारीरिक समस्यामा अकुप्रेशर उपयोगी हुनसक्छ । अकुप्रशरले कीमोथेरापीबाट क्यान्सरको उपचार तुरुन्तै हुने वान्ताबाट बचाउँछ । यसले तनाव घटाउने वा उर्जाको स्तर बढाउने काम गर्छ । कतिपय शारीरिक अंगको दुखाईमा अकुप्रेशर निकै प्रभावकारी हुन्छ । मानसिक समस्यामा समेत अकुप्रेशर उपयोगी हुन्छ ।

के छ हानी ?

अन्य उपचारमा जस्तै अकुप्रेशरमा पनि केही नोक्सान हुनसक्छ । खासगरी गलत बिन्दुमा दबाव दिएर कुनै लाभ मिल्दैन । बरु अरु समस्या आउन सक्छ । साथै धेरै वा हल्का दबाउनु पनि उपयुक्त हुँदैन । अधिक रुपमा दबाउँदा त्यस भाग क्षतिग्रस्त हुनसक्छ । गर्भावस्थामा अकुप्रेशर गर्नै हुँदैन । यदि रोग निकै लामो समयदेखि लागेको छ भने अकुप्रेशर थेरापीले फाइदा भन्दा नोक्सान गर्न सक्छ । सामान्य रुपले चाहि अकुप्रेशर एकदमै सुरक्षित उपचार हो । यदि तपाईंलाई क्यान्सर, मुटुको रोग, जीर्ण रोग छ भने कुनैपनि थेरापी गराउनुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment