Comments Add Comment

चिसोमा कसरी राख्ने नवजात शिशुको ख्याल ?

जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ ।

शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्ने हुन्छ । रुघा लाग्ने, निमोनिया लाग्ने समस्या हुन्छ ।

चिसोमा बच्चाले धेरै पटक पिसाव फेर्छन् । पेट पनि बिग्रन सक्छ । दिसा गरिरहनसक्छ । त्यसैले बच्चाको कपडा समय–समयमा बदल्नुपर्छ । न्यानो कपडाले लपेटेर उचित समयमा हेरिविचार गरिरहनुपर्छ ।

यद्यपी त्यतीले मात्र पुग्दैन । बच्चालाई जाडो मौसममा प्राकृतिक रुपमै न्यानो राख्ने केहि काइदा छन् ।

–  तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि विहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रुपले गरौं । शिशुलाई चिसो लाग्दैन, निमोनियाको भय हुँदैन ।

-यसबेला शिशुको छाला सुख्खा हुन्छ । यस्तोमा जैतुनको तेलले मालिस गर्नुपनि लाभदायक हुन्छ । यसले रक्तप्रवाह हुन्छ । साथै शिशुको प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

-मसाज गरेको समयमा बच्चालाई न्यानो र आरमदयक स्थानमा राख्नुपर्छ । मासिल गरिसकेपछि नुहाइदिनुपर्छ ।

-यसबेला शिशुको छाला नमर हुन्छ, त्यसैले साबुन ग्लिसरिनयुक्त हुनुपर्छ ।

-यदि धेरै जाडो भएको समयमा सफा कपडा भिजाएर निचोर्ने । उ्क्त कपडाले शिशुको शरीर राम्ररी पुछिदिने गरौं ।

-यो सिजनमा शिशुलाई कपडाको एलर्जी हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सूती कपडा लगाइदिनुपर्छ ।

– राती सुत्ने समयमा तुलसीको रस शिशुको नाक र तालुमा लगाइदिनुपर्छ । तुलसीको रसले चिसो लाग्दैन । तुलसीको रसमा थोरै मह मिसाएर चटाउन सकिन्छ ।

-विहान शिशुलाई मह चटाउनुपर्छ । यस प्रयोगले शिशुलाई चिसोको प्रकोप हुँदैन ।

-शिशुलाई नुहाउन अघि हातमा मह लगाएर त्यसमा कागतीको रस निकालेर छातीमा लगाइदिनुपर्छ ।

-नवजात शिशु सुत्ने स्थान आसपासमा एउटा प्याज कुटेर राखिदिनुपर्छ । यो प्याजको गन्ध वायुमण्डमा मिसिएर चिसोको असर कम गर्छ ।

–  जुन कोठामा शिशुलाई सुताइन्छ, त्यहाँको झ्याल बन्द गर्नु हुँदैन ।

-झ्याल खोलेर त्यहाँ तुलसीको बोट राख्नुपर्छ । त्यसको छेउछाउमा ताजा कागती बाँधेर राख्नुपर्छ । यसले नवजात शिशुलाई चिसोको प्रकोपबाट बचाउँछ ।

– कहिले कहिं मनतातो पानीमा नीमको पात मिसाएर त्यसले शिशुलाई स्पन्ज गर्ने ।

– चिसोबाट शिशुलाई बचाउनका लागि उसलाई खुब हँसाइराख्नुपर्छ । यदि रुँदैछ भने पनि केहि समय चुप रहन नदिने । चिसोबाट बचाउने यो एक किसिमको प्राणायाम हो ।

-यदि शिशु दिनभर चुप रहन्छ भने चिसो लाग्न सक्छ । चुपचाप रहने शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

अन्य टिप्स

-पहिलो चार महिनासम्म बच्चालाई केवल आमाको स्तनपान गराउनुपर्छ ।

–  पाँचौ महिनादेखि उम्लिएको पानी चिसो बनाएर चम्चाले पिलाउनुपर्छ ।

– कुनैपनि उमेरमा बोत्तलबाट बच्चालाई कुनैपनि पेय पिलाउनु राम्रो होइन ।

-त्यसपछि विस्तारै विस्तारै ठोस पदार्थ सामेल गर्नुपर्छ ।

– छैठौं महिनामा केरा र दुध मिसाएर दिनमा एक पटक दिन सकिन्छ । साथसाथै स्याउ, मेवा पनि दिन सकिन्छ ।

–  सप्ताहमा एक पटक राम्ररी पकाएको सब्जीमा अभ्यस्त गराउनुपर्छ ।

– सातदेखि आठौं महिनादेखि दाल वा खिचडी राम्ररी पकाएर दिनमा चार चम्चा जति दिन सकिन्छ ।

– नवौं महिनादेखि गाई वा भैंसीको दुध गिलासमा हालेर दिन सकिन्छ ।

-आमाको दुध जहिलेसम्म पिउँछ, त्यसबेलासम्म जारी राख्नुपर्छ ।

-एक बर्षपछि सन्तुलित वा पूर्ण आहार दिनुपर्छ ।

– जाडोमा डाइपरको बढी आवश्यक्ता हुन्छ । किनभने  चिसोले गर्दा उनीहरु छिनछिनमा पिसाव फेरिरहन्छन् । त्यसैले डाइपर कस्तो अवस्थामा छ भनेर बेला बेला हेर्नुपर्छ ।

जाडोमा के समस्या हुनसक्छ ?

–  सामान्य ज्वरो

– निमोनिया

-ब्रोन्काइटिस

-कानको संक्रमण

-मस्तिष्क ज्वरो

-भाइरल फिवर

कतिबेला चिकित्सककहाँ लाने ?

धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दुध चुस्न छाडेमा, अत्याधिक सुस्त देखिएमा चिकित्सककहाँ लानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment