Comments Add Comment

‘परदेशी २’ रिलिज नभएसम्म अरु चलचित्र गर्दिनँः प्रकाश सपुत

गायक, मोडल हुँदै नायक बनेका प्रकाश सपुतले पहिलो चलचित्र रिलिज नहुँदै अन्य चलचित्रमा अभिनय नगर्ने बताएका छन् । हालैमात्र पहिलो चलचित्र ‘परदेशी २’को छायांकन सकेर डबिङमा व्यस्त रहेका प्रकाशले तत्काल अन्य चलचित्रमा काम गर्ने सोच आफ्नो नभएको बताएका हुन् । अनलाइनखबरसँग कुरा गर्दै प्रकाशले भने–‘चलचित्रको अफरहरु त आइरहेका छन् । अहिले मात्र होइन, ‘बोल माया’ गीत गरेपछि नै मलाई चलचित्रमा रुचि छ भन्ने चर्चा भएपछि अफरहरु आएका थिए । तर म संगीतमै रमाइरहेका थिएँ ।’

प्रकाशले आफूले व्यवसायिक रुपमा संगीतलाई नै रोजेको बताउँदै ‘परदेशी २’को कथा र टिम मनपरेपछि चलचित्रमा काम गरेको बताए । उनले अब दर्शकबाट ‘परदेशी २’को प्रतिक्रिया पाएपछि मात्रै अन्य चलचित्रमा काम गर्ने बताएका छन् ।

अहिले पनि आफूलाई चलचित्रको अफरहरु आइरहेको बताउँदै प्रकाशले भने–‘दुइवटा चलचित्रको कथा पुरा नै सुनेँ, पढेँ । मलाई कथा पनि राम्रो लागेको थियो । तर, मैले पहिले ‘परदेशी २’ रिलिज भएपछि मात्र काम गरौंला भनेपछि अन्य कुरा अगाडि बढेको छैन ।’

गायक सपुतको पछिल्लो रिलिज गीत ‘फुटेको चुरा’ले दर्शकको मन जितिरहेको छ । साथै, उनी केही म्यूजिक भिडियोमा पनि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment