+
+

गैंडाको खागसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १२:४०
प्रतीकात्मक तस्वीर

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

संघीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो ।
उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?