+
+
Shares

बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १९:४१

२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?