२१ पुस, काठमाडौं । पछिल्लो समय क्रिकेटमा प्रगति गरिरहेको गल्फ राष्ट्र ओमानले अब टेष्ट क्रिकेटसमेत होस्ट गर्ने भएको छ ।
ओमानले अफगानिस्तान र जिम्बावेबीचको टेष्ट सिरिज आयोजना गर्ने भएको त्यहाँको ओमान टाइम्सले जनाएको छ ।
त्यसअघि अफगानिस्तानले आयरल्याण्डसँग तीन खेलको ओडीआई सिरिज पनि ओमानमै खेल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मापदण्ड पूरा गरेकोले ओमानलाई टेष्ट क्रिकेट आयोजनाको अधिकार दिइएको छ ।
अब ओमानले टेष्ट ओडिआई र टी-२०आई सबै फर्म्याटको क्रिकेट होस्ट गर्नेछ । यससँगै ओमान क्रिकेट एकेडेमी ग्राउण्ड वान अब टेष्ट भेन्युसमेत हुनेछ ।
यसअघि अफगानिस्तानले युएईमा खेल्ने तय भए पनि भिसा समस्याका कारण भेन्यु उएईबाट ओमान सारिएको हो ।
सुरुमा अफगानिस्तानले आयरल्याण्डसँग यही जनवरीमा ३ खेलको ओडीआई सिरिज खेल्नेछ । ओडिआई खेल जनवरी २६ मा सुरु हुनेछ । दोस्रो ओडिआई जनवरी २९ र तेस्रो ओडीआई जनवरी ३१ मा हुनेछ ।
त्यसपछि अफगानिस्तानले जिम्बावेसँग टेष्ट र टी-२० आई सिरिज खेल्ने ओमान टाइम्सले जनाएको छ । दुई खेलको टेष्ट सिरिज र ३ खेलको टी-२० सिरिज फेब्रुअरीमा हुनेछ ।
ओमान क्रिकेटले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । यो ओमान क्रिकेटको लागि ठूलो समाचार हो र उत्कृष्ट उपलब्धि हो । नयाँ वर्ष हाम्रो लागि राम्रो भएको छ । एसोसिएट राष्ट्रहरुमा युएई बाहेक टेष्ट ओडिआई र टी२० क्रिकेटलाई मनोरन्जन गर्ने अर्को एसोसिएट राष्ट्र ओमान नै हो । हामी सबैको लागि यो धेरै गर्वको क्षण हो । ओमान क्रिकेटका सचिव मधु जेसरानीले भने ।
यस्तै ओमान क्रिकेटको चिफ डेपलपमेन्ट अफिसर तथा राष्ट्रिय टिमका प्रशिक्षक दुलिप मेन्डिसले टेष्ट ओडिआई र टी-२० आईको भेन्युको मान्यता पाउनु ओमान क्रिकेटको लागि ठूलो उपलबधि भएको बताए ।
प्रतिक्रिया 4