Comments Add Comment

मलाई साधारण यूवतीले आकर्षित गर्छन्ः सुनिल गिरी

गायक सुनिल गिरी नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् । उनले गाएका ‘को होला त्यो, सोल्टिनी, कोसेली, झरिपरेको रात’ लगायतका गीत चर्चामा छन् । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक सुनिल गिरीसँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

१. बिहान कति बजे उठ्नुहुन्छ ?
पाँच बजे उठिसक्छु ।

२. सधै एउटै समयमा उठ्नुहुन्छ ?
मेरो उठ्ने सेड्यूल सधै एउटै हुन्छ ।

३. उसो भए तपाई जाँगरिलो ब्यक्ति हो ?
हजुर, म आफूलाई जाँगरिलो मानिस नै भन्न चाहन्छु ।

४. ब्यूझिएपछि बेडमै फेसबुक, इन्स्टाग्राम, टिकटकमा आँखा डुलाउने बानी छ कि छैन ?
उठ्ने बित्तिकै फेसबुकमा अपडेटहरु हेर्ने बानी छ ।

५.उठेपछि के पिउने बानी छ ?
तातो पानी पिउँछु । त्यसपछि कालो चिया, खाजा खाने बानी छ ।

६. योगा÷व्यायम गर्ने वा जिम जाने बानी छ कि छैन ?
जिम जाने त बानी छैन । घरमै योगा÷व्यायम गर्छु । त्यसपछि लगभग २ घण्टा रियाज, कम्पोज गर्ने गर्छु ।

७.फोनमा कत्तीको बोल्नुहुन्छ ?
एकदमै कम बोल्छु । नचिनेको फोनहरु खासै उठाउदिनँ ।

८. खानामा के मनपर्छ ?
सामान्य नेपाली परिकार नै हो । दात, भात तरकारी ।

९. फ्यानका फोन कत्तिको आउँछ ?
आईरहेको हुन्छ ।

१०. दिक्क लगाउने खालका फोनहरु पनि आईरहेको हुन्छ होला है ?
के भईरहेको छ ? कस्तो भईरहेको छ भनेर सोध्नुहुन्छ । तर, एउटै कुरामा बारम्बार कोही–कोहीले आवाज सुन्नका लागि भनेर गर्नुहुन्छ, त्यस्ता फोन एक दुईपटक आए त ठिकै हो, तर बारबार आइरह्यो भने अप्ठ्यारो लाग्न थाल्छ ।

११.आफ्नो गीतमा भ्यूज, कमेन्ट कति भयो भनेर छिनछिनमा चेक गर्ने बानी छ कि छैन ?
नयाँ गीत रिलिजको समयमा दिनमा एकचोटी लाइक, कमेन्टहरु कस्तो आइरहेको छ, हेरिरहेको हुन्छु । विशेषगरि साँझको समयमा हेर्छु ।

१२. काम नभएको दिन कसरी कटाउनुहुन्छ ?
हाम्रो त काम भनेकै क्रियशन हो । घरमै होम स्टुडियो छ, त्यसमा धेरै समय बिताउँछु । घरमा बस्नुपर्यो भने प्रायः चलचित्र हेरेर समय बिताउँछु ।

१३. कस्ता मानिससँग भेट्दा रमाइलो लाग्छ ?
मलाई सहज, साधारण खालका मानिसहरु भेट्दा रमाईलो लाग्छ ।

१४. तपाईको सांगीतिक क्षेत्रमै लागेका साथीहरु कति हुनुहुन्छ ?
सांगीतिक क्षेत्र सँगसँगै करिअर सुरु गरेका त खासै छैनन् । तर, सांगीतिक क्षेत्रका साथीहरु धेरै छन् ।

१५. साथी–साथीबिच भेटेर वा फोन वा म्यासेजमा अरुको कुरा काट्ने बानी कति छ ?
कहिलेकाँही केही कुराहरु चित्त बुझेन भने काटिन्छ, त्यो मानवीय स्वभाव नै हो ।

१६. कसैको भिडियो वा गीत रिलिज हुँदा साथीहरुसँग त्यसको बारेमा कति कुरा गर्नुहुन्छ ?
आफ्नो व्यक्तिगत समिक्षा त हुन्छ नै । भिडियो यस्तो बनाएको भए हुन्थ्यो, राम्रो गीत भएर पनि भ्यूज खासै गएनछ भन्ने खालको कुरा त हुन्छ ।

१७. बेलुका अबेरसम्म बाहिर बस्ने बानी छ कि छैन ?
अबेरसम्म बाहिर बस्न नपरोस् भन्ने लाग्छ । म प्रायः समयमै घर आउँछु । ५ देखि ७ बजेभित्र घर आइसकेको हुन्छु । ढिलोमा १० बजेसम्म त घर पुग्ने बानी छ ।

१८. बेलुका खाना खाने बानी छ कि छैन ?
बेलुका प्रायः रोटी, तरकारी र दुध खान्छु ।

१९. प्रेममा हुनुहुन्छ कि छैन ?
(हाहाहा) छैन ।

२०. कस्ता युवतीले आकर्षित गर्छन् ?
मलाई सामान्य युवती मनपर्छ । सामान्य खालको पहिरन भएको, बानी व्यवहार सरल भएकी युवती मनपर्छ ।

२१. तत्काल बिहे गर्ने योजना त छैन ?
ठ्याक्कै यो बेला गर्ने भन्ने त छैन । तर, अब एक–दुई वर्षमा गर्नुपर्ला ।
प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment