Comments Add Comment

नयाँ पाठ्यक्रमसम्बन्धी मुद्दा छिट्टो टुँगो लगाउन जनमोर्चाको माग

२१ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमका सम्बन्धमा परेको मुद्दा छिटो टुँगो लगाउन माग गरेको छ ।

जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पोखरेलले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम अनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षासमेत लिइसकेको अवस्थामा सर्वोच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिँदा लाखौं विद्यार्थीकोे भविष्यमाथि खेलवाड भइरहेको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन हाम्रो पार्टीले अनुरोध गर्दछ ।’

कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी मुद्दाको कारण देशका लाखौं विद्यार्थीको पढाइ प्रभावित भइरहेको समयमा मुद्दाको पेसी लगातार सर्नु उपयुक्त नहुने जनमोर्चाको ठहर छ ।

जनमोर्चाले संसद विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा सुनुवाई गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment