+
+
Shares

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भयो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १५:१३

२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो पुगेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।

प्रधानमन्त्री ओलीले मलाई पार्टीभित्रबाटै काम गर्न दिइएन, घेराबन्दी गरियो । त्यसैले संसद विघटन गर्न बाध्य भएँ भन्ने तर्क गरेको उल्लेख गर्दै उनले भने, ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो, तर पार्टीभित्र । सुधार्नका लागि गरिएको हो, सच्चिनुहुन्छ कि भनेर गरिएको हो ।’

तर ओलीले राम्रो संस्कार निर्वाह गर्न नसकेको र सबै त्यसको भुक्तभोगी भएको उनले बताए ।

प्रधानमन्त्रीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने विचार नगरी बोल्दा आफूहरुलाई पोल्ने र टाउको उठाएर ताली बजाउने होइन, शिर निहुर्याएर झोक्रिने अवस्था आएको उनले सुनाए । नेता नेपालले अघि भने, ‘किनभने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?