+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निर्वाचन आयोगले थाल्यो मतदान स्थल निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १७:५०

२१ पुस, काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ ।

सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ ।

निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

‘पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ’ आयोगले भनेको छ, यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति छ ।’ मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?