+
+
Shares

चोरीका मोटरसाइकलसहित चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १२:०८

२२ पुस, चितवन । मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरोका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भज्ञ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

प्रहरीले मेलोन सुनारलाई भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रोकी राखेको प्रदेश नं.२–०३–००१ प १८७४ नम्बर प्लेटको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी बताए ।

चितवनमा पुस २ गतेदेखि १८ गतेसम्म तीन वटा पल्सर मोटरसाइकल र एक स्कुटी हराएको भन्दैं प्रहरीमा निवेदन परेको उनले बताए ।

प्रहरीले यो बीचमा एउटा पल्सर मोटरसाइकल र एउटा स्कुटीलाई वर्कसर्पबाट बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।

जिल्लामा पछिल्लो समयमा सवारी साधान चोरी भएका घटना बढेको भन्दै प्रहरीले अनुसन्धान तीव्र पारेको प्रवक्ता थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?