Comments Add Comment

अलिपेलगायत आठ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

२२ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिपेलगायत आठ चिनियाँ एपमाथि प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले अमेरिकामा प्रतिबन्धको लागि कार्यकारी आदेश दिएका एपमा अलिपे, क्युक्यु वालेट, वीच्याटलगायत चर्चित एपहरु छन् ।

४५ दिनमा कार्यन्वयनमा आउने यो कार्यकारी आदेशमा यी एपबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम देखिएको उल्लेख गरिएको छ । अमेरिकामा प्रतिबन्ध लागेका अन्य एपमा सेयरइट, भीमेट र डब्ल्यूपीएस अफिस छन् । यद्यपि ट्रम्पले दिएको कार्यकारी आदेश भने उनी राष्ट्रपतिबाट हटेपछि मात्र कार्यान्वयनमा छ । अमेरिकामा प्रतिबन्ध लागेका अन्य एपमा सेयरइट, भीमेटर डब्ल्यूपीएस अफिस छन् । यद्यपि ट्रम्पले दिएको कार्यकारी आदेश भने उनी राष्ट्रपतिबाट हटेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

यी एपहरुले अमेरिकामा प्रयोगकर्ताहरुको उल्लेख्य सूचनाहरु चोरिरहेको ट्रम्पले दिएको कार्यकारी आदेशमा उल्लेख छ । यस किसिमको गतिविधि रोक्न अमेरिकाले आक्रामकरुपमा कदम चाल्नुपर्ने आवश्यकता रहेको उक्त आदेशमा उल्लेख गरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा चिनियाँ कम्पनीमाथि दबाव बढाइरहेका छन् । विशेषगरी राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै उनले यसअघि ट्रम्पले केही कम्पनीहरुमाथि प्रतिबन्धको निर्णय गरेका थिए । यसअघि टिकटक तथा हुवावेईमाथि पनि अमेरिकाले प्रतिबन्धको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment