+

आयुर्वेद अनुसार स्वस्थ्य जीवनशैलीको अभ्यास

२०७७ पुष  २३ गते १३:४३ २०७७ पुष २३ गते १३:४३
आयुर्वेद अनुसार स्वस्थ्य जीवनशैलीको अभ्यास

आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ । यसका लागि अलार्मको भर पर्नु हुँदैन ।

ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।

नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहन्छ । इनर्जी लेभल बढ्छ ।

हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक–पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।

खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।

हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ । कुप्रिएर, झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ । हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ । सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन ।

आयुर्वेद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने