+

भारतविरुद्धकाे तेस्राे टेष्टमा अस्ट्रेलियाकाे राम्राे सुरुवात

२०७७ पुष  २३ गते १४:२१ २०७७ पुष २३ गते १४:२१
भारतविरुद्धकाे तेस्राे टेष्टमा अस्ट्रेलियाकाे राम्राे सुरुवात

२३ पुस, काठमाडौं । घरेलु टाेली अस्ट्रेलियाले भारतविरुद्धकाे तेस्राे टेष्टमा बलियो सुरुवात गरेको छ ।

सिड्नीमा वर्षाले प्रभावित टेस्टको पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले २ विकेट गुमाएर १६६ रन बनाएको छ । अस्ट्रेलियाका मार्नुस लेबासचेन ६७ र स्टिभ स्मिथ ३१ रन बनाएर खेलिरहेका छन् ।

यस्तै टेष्टमा डेब्यु गरेका ओपनर विल पुकोभ्स्कीले ६२ रन बनाए । यश सिरिजमा पहिलाे खेल खेलिरहेका डेभिड वार्नर ५ रनमा आउट भए ।

भारतका मोहमद सिराज र नवदीप सैनीले १/१ विकेट लिए । सैनीले यसै खेलबाट टेष्टमा डेब्यु गरेका हुन् ।

टेस्ट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय