Comments Add Comment

अमेरिकामा बाइडनको जितलाई कंग्रेसको अनुमोदन

२३ पुस, काठमाडौं । अमेरिकी संसद कंग्रेसले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले गत नोभेम्बर महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा जित हात पारेको पुष्टि गरेको छ । बिहीबार इलेक्टोरल भोटको गणनाको क्रममा ट्रम्पलाई पछि पार्दै राष्ट्रपतिमा जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको कंग्रेसले घोषणा गरेको हो ।

अमेरिकाको दुवै सदनले बाइडनले जितेको पेन्सिल्भानिया र जर्जियाको निर्वाचनको विषयलाई लिएर केही सांसद्ले जनाएको आपत्तिलाई संसद्ले खारेज गरिदिएको थियो । सीएनएनका अनुसार रिपब्लिकनका सांसद्हरुले एरिजोना, नोभाडा र मिसिगनको इलेक्टोल भोटमा पनि आपत्ति जनाएका थिए । तर, यो विषय बहसमा जान सकेन ।

यसअघि बुधबार बसेको बैठक ट्रम्पका समर्थकहरुको हिंसात्मक प्रदर्शनको कारण केही घण्टा रोकिएको थियो ।

बाइडनले आगामी जनवरी २० मा राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नेछन् । गत नोभेम्बरमा भएको अमेरिकी संसदको तल्लो र माथिल्लो सदनका केही सिटको निर्वाचनमा पनि बाइडनको पार्टीले सफलता हासिल गरेको छ । यससँगै अब अमेरिकाको दुवै सदन र सरकारमा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहनेछ । जसको कारण राष्ट्रपतिको रुपमा आफ्नो कार्यभार सम्हालेपछि बाइडनले कुनै पनि निर्णयको लागि रिपब्लिकनको सहायता लिनुपर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment