Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष बने धनिराम शर्मा

२३ पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पदभार ग्रहण गरेका हुन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

अर्थ मन्त्रालयले यसअघि उपप्रधानमन्त्री इश्वर पोखलेका सम्धी प्रा. डा. उपेन्द्र काइरालालाई सदस्य हुँदै अध्यक्ष बनाउने तयारी गरेको थियो । उनी सदस्यका रुपमा नियुक्त हुनासाथै चोतर्फी रुपमा सरकारको आलोचना भएको थियो । त्यसैकारण कोइराला अध्यक्ष बन्न पाएनन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment