+
+
Shares

अपहरण अभियोगमा दुई चिनियाँसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते २०:२०

२३ पुस, काठमाडौं । प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको सिंहले अनलाइनखबरलाई बताए । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?