+
+
Shares

‘एउटा यस्तो प्रेम कहानी’को प्रचारमा किन छैनन् वर्षा ?

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते ११:५९

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिज हुने पक्का भैसक्दा पनि यसका कलाकार भने न त प्रचारमा देखिएका छन् न त चलचित्रको कार्यक्रममा नै देखिएका छन् ।

चलचित्रका कलाकारहरुले प्रचारमा सहभागी नहुँदा आलोचना पनि भोग्नु परेको छ । चलचित्रकर्मीहरुले कोभिडको समयमा यसका प्रस्तुतकर्ता शिव श्रेष्ठले जोखिम मोलेको भन्दै प्रचारमा सहयोग गरिरहँदा चलचित्रका मुख्य कलाकार नै प्रचारमा देखिएका छैनन् ।

तर, नायिका वर्षा राउत भने आफूहरुको करिअरसँग जोडिएको चलचित्र पूर्ण नभई रिलिज गर्न लागिएको भन्दै असन्तुष्टी व्यक्त गर्छिन् । तपाई किन चलचित्रको प्रचारमा देखिनुभएको छैन भन्ने प्रश्नमा वर्षा भन्छिन्–‘अरु कलाकारको त मलाई थाहा भएन । तर, मलाई यसको निर्माणपक्षले सम्पर्क पनि गरेको छैन । चलचित्रमा मेरो डबिङ पनि भएको छैन । हामीलाई जुन कथा सुरुमा दिइएको थियो, त्यो अनुसार चलचित्रको छायांकन पनि सकिएको छैन ।’

वर्षाले कुनै पनि प्रोजेक्ट कलाकारको करिअरसँग जोडिने भन्दै हेलचक्राई गरेर चलचित्र रिलिज हुन लागेको भन्दै असन्तुष्टी व्यक्त गरिन् । उनले, चलचित्रबाट आफूले पुरा पारिश्रमिक पनि नपाएको गुनासो गरिन् ।

यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । तर, चलचित्रको प्रचारमा शिव श्रेष्ठ बाहेक अरु कोही पनि देखिएका छैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?