Comments Add Comment

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

२४ पुस, सुर्खेत । सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका–१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उक्त घटनामा मोटरसाइकललाई चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भैरहेको डएसपी घर्तीले बताए ।

‘टिपर र चालकलाई इलाका प्रहरी छिन्चुले नियन्त्रणमा लिइसकेको छ,’ डीएसपी घर्तीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले छिन्चु बजारमा नाराबाजी गरेका छन् । उनीहरुले केही समय सवारी आवतजावतमा समेत रोक लगाएका थिए ।

सवारी चालकलाई कडा कारबाहीको माग गर्दै स्थानीयहरुले मृतकका परिवारलाई उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकको शव भने प्रदेश अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment