+
+
Shares

नक्कली गहना बन्धकी राख्दै, लाखौं कुम्ल्याउँदै !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:५१

२४ पुस, काठमाडौं । नक्कली गरगहना बन्धकी राखेर लाखौं रुपैयाँ लिएर फरार हुने व्यक्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–७, थानकोटमा रहेको एक गहना पसलमा बिलसहित गहना दिएर फरार व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार अपराध महाशाखासँगको समन्वयमा धादिङको थाक्रे गाउँपालिका–११ घर भइ ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय रवि क्षेत्री भनिने राज सापकोटा (सुनार) पक्राउ परेका हुन् ।

श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सिक्री र केही बिलहरु समेत बरामद भएको छ । उनले ६ असोजमा थानकोट चेकपोष्टमा रहेको सुन पसलमा नक्कली गहना राखेर एक लाख ८० हजार रुपैयाँ लिएका थिए भने १७ पुसमा गुर्जुधारामा पनि उही शैलीमा दुई लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनले अन्य व्यक्तिहरुलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?