Comments Add Comment

टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा मेलिनाले भनिन्–‘आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु । चित्त नबुझेका धेरै गीतहरु रिजेक्ट गरिसकेकी छु ।’

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन् ।

‘म पनि पहिले नयाँ नै थिए । सबैजना पहिला आउँदा नयाँ नै हुन्छ । अग्रज दाई–दिदीहरु पनि शुरुमा नयाँ नै हुनुहुन्थ्यो । विस्तारै मिहिनेत गर्दै जादा अगाडी बढिने हो । यसले असर पार्ने भन्ने हुँदैन्’ मेलिनाले भनिन् । ‘सांगीतिक आकासलाई एकदमै ठूलो आकाश भन्दै मेलिनाले यसमा उड्ने अधिकार सबैलाई भएको पनि बताएकी छिन् ।

लकडाउनपछि मेलिनाले दर्जनौं गीतहरु गाएकी छिन् । जसमध्ये ‘ए है माया’ आफैलाई मन परेको गीत भएको मेलिनाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment