+
+
Shares

हट्दैछ नगद बोक्नै पर्ने बाध्यता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते २१:५६

२४ पुस, काठमाडौ । केहि दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सार्वजनिक कायृक्रममा उद्घोष गरे, ‘चाडै तरकारी किन्न नगद बोक्नै पर्ने बाध्यता हट्नेछ ।’ गभर्नर अधिकारीले गरेको उद्घोषको दुइ साता पनि नवित्दै मुलुककै ठूलो फलफूल तथा तथा तरकारी बजार कालिमाटीमा ‘क्यूआर पेमेन्ट’ को शुरुवात भयो ।

गभर्नर अधिकारीले आफैले तरकारी किनेर उद्घाटन गरे । गभर्नर अधिकारीले सय रुपैयाँको काउली र ३ सय रुपैयाँको खरिद गरेर क्यूआर पेमेन्टको शुरुवात गरेका हुन् ।

प्रभु बैंकको सक्रियतामा देशकै ठूलो फलफूल तथा तरकारी बजारमा क्यूआर पमेन्टको शुरुवात भएसँगै अब काठमाडौंमा दुई ठूला तरकारी बजारमा नगद बोक्नै पर्ने बाध्यता हटेको छ ।

यस अघि नक्सालको फलफूल तथा तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको शुरुवात भएको थियो । त्यहाँ गभर्नरले तरकारीमात्रै होइन २० रुपैयाँ कपको चिया समेतको भुक्तानी समेत क्यूआर मार्फत गरेका थिए ।

गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने बताए ।

क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुआत भएको भन्दै अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको उनले बताए । यो अभियानसँगै अब तरकारी किन्न नगद बोक्नै पर्ने बाध्यता देशभर नै हटाउने उनले बताए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवको आवश्यकता नै प्रविधिमैत्री कारोबार भएको बताए । सीईओ शेरचनले प्रभु बैंकले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नविनतम बैंकिङ सेवामा प्रतिवद्ध रहेको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक विनोद भट्टराईले बजारमा यस्तो सुविधा भित्रनु खुसीको कुरा भएको बताए । यसले बिक्रेता र उपभोक्ता सबैलाई कारोबारका लागि सहज बनाउने उनको विस्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?