२५ पुस, काठमाडौं । आगामी माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रारम्भिक टोली छनोट गरेको छ ।
प्रदेश १ क्रिकेट संघले शनिवार २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खलिसकेका सिद्धान्त लोहनीलगायत खेलाडी छन् ।
प्रदेश १ क्रिकेट संघका सचिव मनोज कटुवालले जारी गरेको विज्ञप्तीमा प्रारम्भिक टोलीलाई तीन दिन क्याम्प राखेर अन्तिम १४ सदस्यीय टोली घोषणा गर्ने जनाएको छ । चिफ सेलेक्टर लाक्पा लामा र सलेक्टरहरु रामकुमार प्रधान र टिकाराम पुरी सम्मिलित सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको हो ।
पीएम कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
जहाँ प्रदेश १ समूह ए मा रहेको छ । यस समूहमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफका साथै गण्डकी र कर्णाली प्रदेश छन् ।
प्रदेश १ ले पहिलो खेल माघ ३ गते एपीएफसँग टीयू मैदानमा खेल्नेछ ।
प्रदेश १ को प्रारम्भिक टोली
सिद्धान्त लोहनी
फिर्दोस अन्सारी
दीपक पासवान
राजन मगर
शुवांकर उराउ
मिनस थापा
श्रवन यादव
दीपेश कँडेल
आशिस श्रेष्ठ
मनोज तामाङ
प्रवेश कामती
ज्ञानेन्द्र श्रेष्ठ
नित्ष कडोरिया
सुजन थपलिया
जोसक खड्का
राकेश सोनी
सोनु मण्डल
सरोज बस्नेत
गौरव कटवाल
विवेक मेहता
हेमन राई
प्रज्ज्वल खत्री
प्रतिक्रिया 4