+
+
Shares

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते २१:३२

२५ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।

शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन् प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए । दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो ।

शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका पुर्व केन्द्रीय सदस्य हुन भने श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

दुई उपाध्यक्ष मध्ये जिल्ला नगर उपाध्यक्षमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसियट उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रोहिणी रुपन्देहीका दिपककुमार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा देउखुरी उद्योग बाणिज्य संघका रत्नप्रसाद श्रेष्ठ,कार्यकारिणी सदस्यहरुमा जिल्ला नगरबाट ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्र प्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) तथा दुई एशोसियट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का निर्बिरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि शर्माले प्रदेशको आर्थिक, औद्योगिक, पर्यटकीय र कृषि क्षेत्रको विकासमा उद्योग वाणिज्य महासंघ प्रदेश समितिको भूमिका र सरकारसंगको सहकार्य  बलियो बनाउने, महासंघको प्रदेश सचिवालयलाई सुदृढ बनाउने, खुला सीमाबाट हुने अवैध आयात र चोरी तस्करी नियन्त्रणमा सरकारलाई सघाउने, विशेष आर्थिक क्षेत्र (सेज),औद्योगिक क्षेत्र,सुख्खा बन्दरगाहको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?